Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उपराष्ट्रपति पुन र भारतीय राजदूतबीच भेटवार्ता, नेपाल-भारत सम्बन्धबारे छलफल

काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तव र उपराष्ट्रपति नन्दबहादुर पुनबीच शिष्टाचार भेट भएको छ ।

बिहीवार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबिचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताए । दुई देशबिच धार्मिक, साँस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिए ।

यस्तै भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमेकी मित्र भएको बताए । उनले नेपालसँग भारतको विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताए । उनले आफ्नो कार्यकालमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ गर्ने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077