Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभाबाट तीन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, खानेपानीमन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्र प्रसाद शर्मा (कोइराला) ले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २४ गते अपराह्न २ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077