Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले आज प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिँदै

काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट आज नागरिकता विधेयक फिर्ता लिँदैछ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ लाई फिर्ता लिने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार २ बजे प्रतिनिधिसभा बैठक सुरु हुने छ । यसअघि बिहीबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा उक्त विधेयक फिर्ता लिने विषयलाई राखिएको थियो। तर, अन्तिम कार्यसूचीबाट उक्त विषयलाई हटाइएको थियो ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । सरकारले प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेस भएको थियो।

संसद्‌मा पेस भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077