Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धरानका मेयर साम्पाङको घोषणा - गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।

मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् ।

आफ्नो उक्त प्रस्ताव बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको उनले बताएका छन्।

‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, उनले भनेका छन् ‘आज (बिहीबार) कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ ! जय धरान !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077