Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर हर्क साम्पाङको आक्रोस - स्वतन्त्र भनेर हेपेको ?

धरान । धरान उपमहानगरपालिकाको हिजो बसेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ वडाध्यक्षहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

उनले ‘स्वतन्त्र भनेर हेपेको ?’ भन्दै कार्यपालिका बैठकमै आक्रोश पोखेका हुन् । उपमहानगरको बजेट पारित गर्न अवरोध गरेको भन्दै उनले बैठकको सुरूवातमै कडा आक्रोश पोखेका थिए ।

गत असार १० गते धरान उपमहानगरले एक अर्ब ६८ करोड ५८ लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमा उपमेयर कोषलाई लिएर दलीय जनप्रतिनिधिहरूले आपत्ति जनाएका थिए ।

साङपाङले भने स्वतन्त्र उम्मेदवार भएर जितेको मेयरलाई वडाध्यक्षहरूले विभिन्न बहाना गरेर असफल बनाउन खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077