Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पूर्वमन्त्री शेर्पा सवार कार दुर्घटना, तीनजनाको अवस्था गम्भीर

    पूर्वमन्त्री शेर्पा सवार कार दुर्घटना, तीनजनाको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 954
    SHARES

    काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।

    शुक्रबार जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।



    शेर्पा सवार बा २ च ९००३ कारमा आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर छ ।



    पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट देखिएको छैन । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको थप उपचार ट्रमा सेन्टरमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार