Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका राजदूत नवीन श्रीवास्तबबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077