Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नायिका बनाइदिने भन्दै १५ वर्षीया किशोरीलाई भारतमा बेच्ने दुई जना पक्राउ

    नायिका बनाइदिने भन्दै १५ वर्षीया किशोरीलाई भारतमा बेच्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 705
    SHARES

    वीरगन्ज । भोजपुरी चलचित्रमा नायिका बनाइदिने प्रलोभन दिएर बालिकालाई भारत लगेर बेच्ने लगेको आरोपमा दुई जना प्रकाउ परेका छन् ।

    वीरगन्जकी १५ वर्षिया बालिकालाइ भारतमा लगेर बेच्ने रौतहटको गौर नगरपालिका-२ घर भइ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा बस्दै आएकी ४० वर्षीया चमेली देवी र भारत बिहारको सीतामढी जिल्लाको बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारीलाइ जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो।



    १५ वर्षीया बालिकालाइ भोजपुरी सिनेमाको नायिका बनाइ दिने प्रलोभन दिएर चमेली देवी र रोशनले २०७८ फागुन १२ गते बिहारको पूर्वी चम्पारण, झिटकैया गाउँमा लगेर त्यहाँका एक भारतीय नागरिकलाई ३० हजार भारुमा बेचेर दुवै जना फरार भएका थिए।



    असार २३ गते पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिकाका वडा नम्बर १६ बाट चमेली देवी र रोशनलाइ प्रहरीले पक्राउ गरेको हो।पक्राउ परेका दुवैलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको पर्साका प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार