Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • असार मसान्त : एकै दिन २५ अर्ब ५५ करोड सरकारी कोषबाट भुक्तानी

    असार मसान्त : एकै दिन २५ अर्ब ५५ करोड सरकारी कोषबाट भुक्तानी

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 957
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चालु आर्थिक वर्षको बजेट खर्च एकै दिन २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको छ ।

    आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको हो । शनिबार (हिजो )महालेखा नियन्त्रक कार्यालयले भुक्तानी दिनू भनेर सूचना निकालेपछि सो रकम भुक्तानी भएको हो ।



    चालू आवमा १६ खर्ब ३२ अर्ब पूँजीगत खर्च मध्ये १२ खर्ब ३७ अर्ब ७० करोढ रुपैंया खर्च भएको छ । विकास खर्च ३ खर्ब ७८ अर्ब रुपैयाँमा १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ खर्च भएको छ ।



    चालु आवमा ११ खर्ब ८० अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य सरकारले राखेको थियो । शनिबारसम्म १० खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
    महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको थियो ।

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार