Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अघिल्लो वर्षको तुलनामा यो वर्ष १ खर्ब ५३ अर्बले बढ्यो बेरुजु

    अघिल्लो वर्षको तुलनामा यो वर्ष १ खर्ब ५३ अर्बले बढ्यो बेरुजु

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 744
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अघिल्लो वर्षको तुलनामा यो वर्ष बेरुजु १ खर्ब ५३ अर्ब रुपैयाँले बढेको छ ।  महालेखा नियन्त्रक कार्यालयले आज सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार यो वर्ष डेढ खर्बले बेरुजु बढेर कुल ८ खर्ब २९ अर्ब २९ करोड रुपैयाँ हो ।

    अघिल्लो वर्षसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बेरुजु थियो । जुन यो वर्ष बढेर पुगेको हो । गत वर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोडमा फस्र्यौट तथा समायोजन गरिएको ५० अर्ब २९ करोड घटाइ यो वर्ष भएको १ खर्ब १५ अर्ब ५ करोडसमेत ४ खर्ब ८३ अर्ब ५९ करोड बाँकी छ ।



    लेखापरिक्षण तथा सम्परीक्षणबाट यो वर्ष ४ खर्ब २० अर्ब करोड असुल भएको छ ।  सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरिक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड बेरुजु कायम भएको छ ।



    सोमध्ये ३ हजार २८७ संघीय सरकारी निकाय तथा कार्यालयको २८ खर्ब २० अर्ब ३७ करोडको लेखापरिक्षणबाट ४९ अर्ब ४७ करोड बेरुजु छ । यस्तै, प्रदेश निकाय तथा कार्यालय १ हजार १३१ को २ खर्ब ९९ अर्ब ५७ करोडको लेखापरिक्षणबाट ७ अर्ब ४८ करोड बेरुजु देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार