Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ढिलो चाँडो श्रीलंकाकै अवस्थामा पुग्छौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले ढिलो चाँडो नेपाल श्रीलंकाको अवस्थामा पुग्ने टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक फेसबुकमार्फत श्रेष्ठले अहिले नै नेपाल श्रीलंकाको अवस्थामा पुगिनसकेको भएपनि सचेत रहन आवश्यक रहेको बताएका हुन् ।

''हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौँ । यो सही नै हो । तर, तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार–सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रूपमा पुर्‍याउने त्यतै हो,” उनले भने ।

त्यसतर्फ सचेत हुन आग्रह गर्दै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपका लागि प्रयत्न गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077