Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले युक्रेनको चासिभ यार शहरमा हान्यो रकेट, १५ जनाको मृत्यु

एजेन्सी । पुर्वी युक्रेनको चासिभ यार शहरमा रुसले रकेट प्रहार गरेको छ । एउटा अपार्टमेन्ट लक्षित रुसी रकेट प्रहारमा कम्तिमा १५ जनाको मृत्यु भएको हो ।

रकेट प्रहारबाट कम्तिमा पनि १५ जना मारिनुका साथै अन्य करिब २० जना भन्दा बढी भग्नावेशषमा पुरिएको आशंका गरिएको छ ।

पाँचतले भवनलाई लक्षित गर्दै रुसले रकेट प्रहार गरेको बताइएको छ । रुसी फौजको ध्यान दोनेत्स्कमा केन्द्रित रहेको छ ।

यस क्षेत्रका गवर्नर पाभ्लो किरिलेन्कोका अनुसार रुसी युरागन रकेटबाट भवन क्षतिग्रस्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077