Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ बर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका ४ घर भइ हाल पोखरा उपमहानगरपालिका १४, मझेरीपाटन बस्ने कृष्ण मिजार रहेका छन्।

अदालतको फैसलापछि फरार रहेका मिजारलाई सीआईबीको टोलीले पोखरा उप महानगरपालिका ३ पावरहाउसबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मिजारले रक्शीको नशामा रबिन्द्र कुमार मल्ललाई कुटपिट गर्दा मृत्यु भएको थियो।

उक्त घटनापछि कर्तब्यज्यान मुद्दामा उच्च अदालत पाटनबाट मिजारलाई दश बर्ष कैद सजायको फैसला सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077