Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 981
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ बर्षपछि पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका ४ घर भइ हाल पोखरा उपमहानगरपालिका १४, मझेरीपाटन बस्ने कृष्ण मिजार रहेका छन्।



    अदालतको फैसलापछि फरार रहेका मिजारलाई सीआईबीको टोलीले पोखरा उप महानगरपालिका ३ पावरहाउसबाट पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार मिजारले रक्शीको नशामा रबिन्द्र कुमार मल्ललाई कुटपिट गर्दा मृत्यु भएको थियो।

    उक्त घटनापछि कर्तब्यज्यान मुद्दामा उच्च अदालत पाटनबाट मिजारलाई दश बर्ष कैद सजायको फैसला सुनाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार