Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गणपूरक संख्या नपुगेपछि बुधबारसम्मका प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। सोमबार दोस्रो पटक बसेको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो।

बैठकमा गणपूरक संख्या ७९ हुनुपर्नेमा ६१ मात्रै भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सोमबारको बैठकमा ६१ जना मात्रै सांसद उपस्थित रहेका थिए । सभामुख सापकोटाले गणना गर्दै बैठक स्थगित गरेका हुन् ।

यसअघि असार १२ गते पनि गणपूरक संख्या नपुग्दा बैठक स्थगित भएको थियो । दुई सय ७५ सांसद भएको सभामा ६९ सांसद पनि उपस्थित नभएकाले सोमबार बैठक नै स्थगित गर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077