Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युवतीमाथि सामूहिक बलात्कार : तीनजना पुर्पक्षका लागि जेल चलान, १० लाख धरौटीमा छुटे होटल सञ्चालक

काठमाडौं । काठमाडौंको बौद्धमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।

गत जेठ २९ गते राति २ बजे काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको थियो । त्यस घटनामा प्रहरीले संलग्न तीन जना र होटलका सञ्चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरू तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस्तै होटलका सञ्चालकलाई भने धरौटीमा छाड्न आदेश दिएको छ।

उनीसँग १० लाख रुपैयाँ धरौटी माग गरिएको हो । प्रहरीले बलात्कार आरोपमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाही घर भई बौद्ध बस्ने ३४ वर्षीय उत्तम लामा र सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077