Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वीरगञ्जमा सुरु भयो जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक

पर्सा । जसपा नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले आह्वान गरेअनुसार बैठक सुरु भएको हो ।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजधानीको जडीबुटीमा पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आयोजना गरेकै दिन अध्यक्ष यादवले वीरगञ्जमा कार्यकारिणी समिति बैठक आयोजना गरेका हुन् ।

कार्यकारिणी समितिका ३५ सदस्यमध्ये वीरगञ्जमा १६ सदस्य उपस्थित भएको जनाइएको छ । अध्यक्ष यादव पक्षले बुधबार वीरगञ्जमै केन्द्रीय समिति बैठक आयोजना गर्दैछ । सोही बैठकको तयारीस्वरुप आज कार्यकारिणी समिति बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077