Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौं महानगरद्धारा फुटपाथमा निर्माण सामग्री राख्नेलाई पाँच हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्नेलाई कारबाही गरिएको छ ।

महानगरपालिकाले फुटपाथ र सडकमा निर्माण सामाग्री राख्नेलाई ५ हजार जरिवाना गराएको हो ।

फुटपाथ अबरोध भएर पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आइरहेको बताउँदै महानगरले भनेको छ, ‘कारबाही बाध्यता हो। तर, कानुनको पालना गर्दै अरुलाई असुविधा पर्ने कार्य नगर्नु सबैको कर्तव्य हो।’

यसअघि हिजो मात्रै काठमाडौंको रातोपुल नजिकैबाट नदीमा फोहोर फाल्ने एक कम्पनीलाई २५ हजार जरिवाना गरेको थियो।

गुनासाहरुको सम्बोधन र महानगरको आफ्नै अनुगमन सँधै कायम रहेको महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077