Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा नागरिकता विधेयक पेस हुँदै

काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज नागरिकता सम्बन्धी नयाँ विधेयक पेस हुँदैछ ।

बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

चार वर्षदेखि संसद्‌मा विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक संसद्‌ सचिवालयमा दर्ता गराइसकेको छ ।

यो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधका सूचनाहरूलाई पनि बुधबार नै निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

विधेयक पारित भएपछि नेपाली नागरिक आमाबाट नेपालमा जन्मिएर नेपालमै बसोवास गरिरहेका व्यक्तिहरूले बाबुको पहिचान नखुले पनि वंशजका आधारमा नागरिकता लिन पाउनेछन्  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077