Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकदिवसीय वरियतामा नेपाल यथावत्

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत् रहेको छ ।

आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९औँ स्थानमा यथावत् रहेको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो ।

एकदिवसीय वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इङल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

त्यसैगरी पाकिस्तान चौथो स्थानमा छ भने अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । दक्षिण अफ्रिका छैठौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्ट इन्डिज नवौँ र अफगानिस्थान दसौँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077