Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपाले सोध्यो गिरी र तिवारीलाई २४ घण्टे लिखित स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दिलनाथ गिरी र श्याम तिवारीलाई पार्टीको विधान विपरीत काम गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधकार बसेको कार्यसम्पादन समितिको बैठकले गिरी र तिवारी दुवैलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीका अनुसार गिरी र तिवारीले पार्टीलाई थाहै नदिई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग वार्ता गरेकाले दुवैलाई स्पष्टीकरण सोधिएको हो । गिरी र तिवारी दुवैले आफूहरु राप्रपाभित्र असन्तुष्ट पक्ष भएको भन्दै थापालगायतसँग दुई दिन अगाडि वार्ता गरेको प्रवक्ता शाहीको भनाइ छ ।

अनुशासनहीन गतिविधिलाई कुनै पनि हालतमा छुट नदिने उल्लेख गर्दै बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीहित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभावी समाचार प्रकाशन, प्रसारण गर्ने, गराउने कार्यमा संलग्न भएकालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको छ।’

उनीहरुले २४ घण्टाभित्र चित्त बुझ्‍ने गरी स्पष्टीकरण नदिएको खण्डमा दुवै जनाविरुद्ध फौजदारी कसुरको मुद्दा दायर गरिने पनि शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077