Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनको कामलाई विष्णु पौडेलको सर्मथन,यमबुद्धको शालिक बनाउने महानगरको निर्णय स्वागतयोग्य

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमवुद्धको शालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णय स्वागत गरेका छन् ।

पौडेलले ट्वीटरमा भनेका छन् ,'संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।’

काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको शालिक बनाउन १५ लाख बजेट विनियोजन गरेपछि चर्को आलोचना भएको थियो।

त्यसपछि मेयर बालेन्द्र शाहले आफ्नो तलबबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077