Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा शुक्रबार अनिवार्य उपस्थित हुन एमाले सांसदहरुलाई ‘ह्वीप’

काठमाडौं । नेकपा एमालेले शुक्रबार हुने प्रतिनिधि सभाको बैठकमा  पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

दिउँसो साढे १ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने भएकाले पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भनेर एमाले शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका बेला यस्तो निर्णय गरिएको हो  ।

उपसभामुख पदका लागि आज बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । त्यसैलाई मध्यनजर गर्दै एमालेले सबै माननीयहरूलाई शुक्रबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो ।

एमाले नेताहरुका अनुसार सत्ता गठबन्धनले गठबन्धन भित्रैबाट उम्मेदवार अघि सारे एमालेले पनि उम्मेदवार उठाउने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077