Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको विनिमय दर दिनहुँ बढ्दो छ।

आज डलरको भाउ हालसम्मकै उच्च दर कामय गरिएको छ। अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा रहेको छ।

यसभन्दा अघि अघिल्लो दिन मात्रै डलरको विनिमय दर हालसम्मको उच्च थियो। सो दिन डलर एकको खरिददर १२७ रुपैयाँ ६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६६ पैसा कायम गरिएको थियो।

आज युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ९० पैसा र बिक्रीमा १२८ रुपैयाँ ५० पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ४८ पैसा र बिक्री दर १५२ रुपैयाँ २० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077