Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बेहुला कालो भएको भन्दै बेहुलीले बिहे रद्द गरे पछि...

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक युवतीले दुई फेरा लिएपछि बेहुला ‘कालो’ भएको भन्दै विवाह रद्द गरेकी छिन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तर प्रदेशको एटावाहकी नीता यादव नाम गरेकी युवतीले दुई फेरा लिएपछि विवाह समारोह रोकेकी हुन्।

वरवधूले एकअर्कालाई माला लगाउने बेलादेखि नै समस्या उत्पन्न भएको थियो। नीताले बेहुलासँग विवाह नगर्ने मनसाय व्यक्त गरेकी थिइन्। दुई फेरा लिएपछि उनले मण्डपबाट बाहिरिँदै विवाह रद्द गरिन्।

आफूलाई सुरुमा देखाइएको केटा र बेहुला फरक फरक व्यक्ति रहेको बेहुलीको भनाइ छ। उनले बेहुला ‘कालो’ भएको भन्दै आफूले उनीसँग विवाह गर्न नसक्ने बताएकी थिइन्। करिब ६ घण्टासम्म पनि बेहुली फर्केर नआएपछि बेहुला पक्ष बेहुली नलिई फर्किन तयार भएको थियो।

बेहुलाका बाबुले प्रहरीमा उजुरी दिँदै विवाहको तयारीको लागि लाखौं रकम खर्च भएको दाबी गरेका छन्। बेहुलीलाई दिइएको गहना पनि फिर्ता नपाएको उनले बताएका छन्। बेहुला रविले पनि यो घटनाले आफ्नो जीवन नै खतरामा परेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077