Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपेन्द्र यादवद्वारा पार्टी पुनर्गठनको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी पुनर्गठनको तयारी गरेका छन् ।

केन्द्रीय समिति र कार्यकारिणी समिति पुनर्गठन गरी जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसहित उनका पक्षमा लागेका नेताहरुको नाम हटाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

उपेन्द्र यादवको अध्यक्षतामा वीरगञ्जमा आयोजित केन्द्रीय समिति बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गैरजिम्मेवारी काम गर्ने नेता तथा कार्यकर्तालाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

सोही अनुसार अध्यक्ष यादव पार्टी पुनर्गठनको तयारीमा जुटेको बताइएको छ ।

ती केन्द्रीय सदस्यले भने, ‘पत्र नै पठाएर कारवाही त गर्दैनन् तर केन्द्रीय समिति र कार्यकारिणी समिति पुनर्गठन गर्दा बाबुराम पक्षका नेताहरुलाई हटाएर उनीहरुको ठाउँमा नयाँ मनोनयन गर्ने अहिलेसम्मको तयारी छ ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077