Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेशी बुहारीलाई बिहे गरेर आएको भोलिपल्टै नागरिकता दिने देश कहाँ छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले हालै दर्ता गरेको नागरिकता विधेयकमा राखिएका विभिन्न प्रावधानमाथि प्रश्न उठाएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रस्तुत गरेपछि सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेले आपत्ति जनाएको हो ।

एमाले सांसद कृष्णभक्त पोखरेलले वैवाहिक अंगीकृत नागरिकता दिने विषयमा सरकारले बिहेको भोलिपल्टै विदेशी बुहारीलाई नागरिकता दिने व्यवस्था गर्न खोजेको भन्दै आपत्ति जनाए ।

सांसद पोखरेलले बिहे गरेर आउने बुहारीलाई कति समयपछि नागरिकता दिने हो भन्ने बिषयमा बोल्न नहुने हो भन्दै प्रश्न गरे ।

उनले प्रश्न गरे– ‘बिहे गरेर आएको भोलिपल्टै नागरिकता दिने देश कहाँ छ नाम दिनुपर्यो । हैनभने भारतमा नेपाली चेली बिहे गरेर गएपछि नागरिकता पाउन ७ वर्ष लाग्छ ।

अमेरिका बेलायत जहाँको हेरे पनि ५ वर्षभन्दा अगाडि पाइँदैन । यसमा छलफल गरौँ। तर कत्ति पनि हुन्न भोलिपल्टै दिनुपर्छ भन्ने लाइनबाट विधेयक आएको छ दुनियाँको अभ्यास हेरेर एउटा निष्कर्षमा पुग्न जरुरी छ ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077