Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकदिवसीय क्रिकेट : इंग्ल्याण्डसँग भारतको लज्जास्पद हार

काठमाडौं । इंग्ल्याण्डसँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले लज्जास्पद हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा भारत इंग्ल्याण्डसँग १०० रनले पराजित भएको हो ।

लर्डसमा टस हारेर पहिले व्याटिङ गरेको इंग्ल्याण्डले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो। इंग्ल्यान्डका मोईन अलीले ४७ रन बनाए। डेविड विल्ली ४१ रन बनाए भने डेभिड विली ४१ तथा जोनी वरिष्टोले ३८ बनाए। भारतका युजभेन्द्र चहलले ४ विकेट लिए।

२४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८ दशमल ५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो।

भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए। इंग्ल्यान्डका बलर टोप्लीले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए। तीन एकदिवसीय खेलमा १–१ को बराबरी भएको छ। अन्तिम खेल आइतबार हुने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077