Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुसद्धारा युक्रेनको भिनित्सिया शहरमा क्षेप्यास्त्र प्रहार, २३ जनाको मृत्यु

एजेन्सी । युक्रेनको मध्य भागमा रहेको भिनित्सिया शहरमा रुसी सेनाले क्षेप्यास्त्र हानेको छ ।

घटनामा तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । करिब १०० जना घाइते भएका छन्।

तीनवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा कार्यालयहरूका लागि प्रयोग हुने र आवासीय भवनमा क्षति पुगेको बताइएको छ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त कार्यलाई खुलमखुला गरिएको आतंकवादी कार्य भनेका छन्।

युक्रेनी राष्ट्रपति कार्यालयले उक्त आक्रमण ब्ल्याक सीमा रहेको पनडुब्बीबाट कालिब्र क्रुज क्षेप्यास्त्र प्रहार गर्ने यन्त्रबाट भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077