Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाँचदलीय गठबन्धनलाई कायम राख्ने जसपाको निर्णय

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) ले आगामी संघ र प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।

वीरगन्जमा सम्पन्न जसपाको केन्द्रीय कार्यकारीणी समिति र केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए ।

विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपटक संसद विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन आफ्नो उद्देश्यमा सफल भएको उनको विश्लेषण थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077