Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न दृढ संकल्प छु : उपसभामुख पुष्पा भुसाल

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले आफ्नो दायित्व थपिएको बताएकी छन् ।

संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामो समयदेखि रिक्त रहेको उपसभामुखको पदपूर्ति भएको भन्दै संविधानको पूर्ण पालना भएको पनि बताइन् ।

उनले उक्त पदमा आफु निर्वाचित भएपछि दायित्व बढेको समेत प्रतिक्रिया दिइन् ।

‘यो पदमा निर्वाचित भएपछि ममाथि दायित्व थपिएको छ’, उनले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न दृढ संकल्प छु । समन्वयकारी भूमिका निर्वाह गर्छु ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077