Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कमल थापा भन्छन् - संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरुको चलखेल बढ्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा वाह्य शक्तिको चलखेल बढेको टिप्पणी गरेका छन् । उनले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत संसदीय निर्वाचन नजिकिँदै गर्दा वाह्य शक्तिको चलखेल बढेको बताएका हुन् । महाशक्ति राष्ट्रहरु आफू अनुकुल कठपुतली तयार गर्ने होडमा रहेको समेत उनको आरोप छ । देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको पनि थापाले औल्याएका छन् । उनले लेखेका छन्-संसदीय ​ चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकुल 'कठपुतली' तयार गर्ने होडमा छन्। दिल्ली,वेईजिङ र वाशिंगटनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन्। राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ। नेपाली जनता सचेत बनौँ,अझै केही राष्ट्रवादी जिउँदै छन् ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077