Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • महँगीले आक्रान्त अमेरिकीको दिनचर्या : घरमै खाना खाने, साथीभाइकोमा पाहुना लाग्ने !

    महँगीले आक्रान्त अमेरिकीको दिनचर्या : घरमै खाना खाने, साथीभाइकोमा पाहुना लाग्ने !

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 954
    SHARES

    फाइल तस्विर

    एजेन्सी । बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिक हिजोआज घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्ती तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन्। उनीहरूले सवारी साधन हुँइक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका छन्।

    घरमै पर्याप्त मात्रामा खानेकुरा पकायो, सम्भव भएसम्म रेष्टुराँ न गयो, घरै बस्यो। छोटो दुरीमा मात्र यात्रा गर्‍यो। खर्च जोगाउन आजभोलि अमेरिकीको यस्तै दैनिकी बनेको छ।



    उत्तरी भर्जिनियास्थित एउटा सुपथ मूल्य खुद्रा पसलमा भेटिएका जोन खाद्यवस्तुको चर्को मूल्यवृद्धिका कारण घरमा आफै विविध परिकार पकाउन थालेका छन्।



    आफ्नो पहिलो नाममात्र उल्लेख गर्न चाहने उनी विरलै रेष्टुराँतिर जान्छन्। सरकारी कर्मचारीसमेत रहेका उनी एक झोला कुखुराका साँप्रा र १० टुक्रा कुखुराका पखेटाको मूल्य उस्तै भएको बताउँछन्।

    दशकौं पछि अमेरिकामा महँगी अचाक्ली बढेको छ। खर्च जोगाउन धेरै अमेरिकी नागरिकले विविध उपाय अवलम्बन गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार