Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • महँगी ६ वर्षयताकै उच्च, विदेशी मुद्रा सञ्चितिमा केही सुधार

    महँगी ६ वर्षयताकै उच्च, विदेशी मुद्रा सञ्चितिमा केही सुधार

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 651
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गत आर्थिक वर्षमा महँगी सरकार तथा नेपाल राष्ट्र बैंकको काबुभन्दा बाहिर गएका कारण विगत ६ वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ ।

    मंगलबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको विवरणअनुसार असारमा मूल्यवृद्धि ८.९८ प्रतिशत पुगेको छ भने वार्षिक औषत मूल्यवृद्धि ६.३२ प्रतिशत पुगेको छ ।



    आर्थिक वर्ष २०७२/०७३ मा वार्षिक औसत मूल्यवृद्धि ९.९३ प्रतिशत रहेकोमा त्यसपछिका आर्थिक वर्षमा घट्दै गएको थियो ।



    तर, विश्वव्यापी रूपमा भएको इन्धन तथा खाद्यवस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले गत आर्थिक वर्ष २०७८/०७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन पुगेको राष्ट्र बैंकले प्रष्टीकरण दिएको छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार