Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महासचिव पोखरेलको आरोप -सत्ता गठबन्धनले आन्तरिक मामिलामा भारतीय हस्तक्षेप निम्त्यायो

पोखरा । सत्ता गठबन्धनले नेपालको राजनीतिमा भारतीय चलखेललाई निम्ताएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् ।

आज पोखरामा आयोजित पत्रकार भेटघाटमा महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई त्यसकै उदाहरणको रुपमा प्रस्तुत गरेका हुन् ।

महासचिव पोखरेलले भने, ‘गठबन्धनका दुई प्रमुख घटकका नेताहरु अहिले दिल्ली दौडाहामा हुनुहुन्छ, नेपालीहरुको बीचमा नेपालको राजनीतिको मान्यतालाई खण्डित गर्ने काम गठबन्धनका नेताहरुबाट भएको छ ।’

पोखरेलले आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप लगाए । विगतमा नेपालको मन्त्रिपरिषद बैठकमा पनि भारतीय प्रतिनिधि रहने गरेको स्मरण गर्दै उनले अहिले सत्ता गठबन्धनले पनि त्यस्तै गर्न खोजेको आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077