Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गभर्नर अधिकारीविरुद्ध बालुवाटारमा प्रदर्शन,अखिलका कार्यकर्ता पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ता पक्राउ परेका छन् ।

आज बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैकको गेटबाट प्रहरीले अखिलका ५ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा उनीहरुले निषेधित क्षेत्रमा नाराबाजी गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेविसंघ र अखिलले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै राष्ट्र बैक घेराउ र विरोध प्रदर्शन गरिरहेको बेला प्रहरी र कार्यकर्ताबीच केहीबेर धकेलाधकेल भएको थियो ।

सरकारलाई दबाब बढाउने निति अनुरुप यसअघि शुक्रबार नेबिसंघले माइतीघरमा प्रदर्शन गरेको थियाे भने शनिबार वाइसिएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरि छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077