Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ओलीले समुह स्वार्थ छाडेर वाम एकताको पक्षमा नलागे पछुताउनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली वाम एकताको लागि सकारात्मक नभएको टिप्पणी गरेका छन्।

नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा बोल्दै सार्वजनिक मञ्चबाट नेता श्रेष्ठले ओलीलाई चुनावी तालमेलदेखि वाम एकतासम्मको प्रस्ताव राखेका थिए।

तर, ओलीले एमाले मात्रै वामपन्थी भन्ने जवाफ दिएपछि नेता श्रेष्ठले असन्तुष्टि जनाएका हुन्। उनले ओलीको भनाइले देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान नपुर्याउने जिकिर गरेका छन्।

व्यक्ति वा समुह स्वार्थ केन्द्रित धन्दा छाडेर देश र कम्युनिष्ट आन्दोलनको आवश्यकता अनुसार वाम तालमेल र एकता गर्नुपर्ने दोहोर्‍याए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077