Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माओवादी नेता नारायणकाजी श्रेष्ठको आरोप- एमसीसीका विषयमा एमाले अध्यक्ष ओलीले झुटो बोले

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेको बताएका छन् ।

श्रेष्ठले अमेरिकाले दबाव दिएपछि ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा पेश गरेको बताएका हुन् ।

श्रेष्ठले फेसबुकमा लेखेका छन् ‘पछिल्लो पटक क. केपी प्रम हुनुभएपछि एमसीसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रकृया अघि बढायो ।’

ओलीले शनिबारको कार्यक्रममा अहिले संसद कमजोर भएकाले एमसीसी पारित गरेको बताएका थिए । माओवादी नेता श्रेष्ठले ओलीको उक्त भनाइको पनि खण्डन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077