Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा मात्र २ विकेट गुमाएर पछ्याएको हो ।

स्कटल्याण्डलाई जीत दिलाउन क्यालम म्याकलियोडले सर्वाधिक ६४ रनको योगदान दिए । उनले मात्र २९ बलमा १० चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ओपनर कायल कोएटजरले ४४ रन बनाए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने कप्तान सन्दीप लामिछानेले २२ रन बनाए ।

विनोद भण्डारीले १३ रनको योगदान दिए । स्कटल्याण्डका लागि हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । ग्याभिन मेनले २ विकेट लिए । जितसँगै स्कटल्यान्डले २३ खेलबाट ३४ अंक जोडेको छ । नेपाल लिग टू को अंक तालिकामा २० खेलमा १७ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077