Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पर्सामा लागू भएन प्रहरी प्रधान कार्यालयको निर्देशन , पहुँच भएका प्रहरीको काज थमौती

वीरगन्ज । प्रहरी प्रधान कार्यालयले जथाभावी काज सरुवाले बेथिति निम्त्याएको भन्दै काजमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई तोकिएकै स्थानमा फिर्ता हुन सर्कुलर जारी गरेको १३ दिन बितिसक्दा पनि हालसम्म पर्सा प्रहरीमा खासै लागु भएको देखिदैन । तर, संरक्षण गरेको प्रष्ट देखिन थालेको छ ।

प्राय एउटै जिल्ला र एउटै स्थान दरबन्दी भएका प्रहरीहरुमध्ये सोर्सफोर्स भएकालाई रवाना नगरी ढाकछोप गरिएको छ भने सोझासालाई मात्र रवाना गरी विभेदित कार्य गरेको जिप्रका पर्सामा देखिएको हो ।

संगठनमा एउटै नीति नियम सबैलाई लागू हुन्छ तर शक्तिकेन्द्रमा पहुँच र पावर भएकालाई यो नियम लागू भएको छैन।  प्रहरी प्रधान कार्यालयले देशभर काजमा खाटेका कर्मचारीलाई रवाना फिर्ता गरि दरबन्दी पठाउन सर्कुलर गरे पनि पर्सा प्रहरी आदेशको धज्जी उडाउँदै जिल्लाको क्राइम टोली , टाईगर टोली , मुद्दा फाँट ,प्रशासन फाट , ईनर्वा भन्सार, इनर्वा गाउँ चौकी ,भकुवा चौकी , छपकैया बिट ,छपकैया चौकी , वडा प्रहरी बिर्ता , वडा प्रहरी श्रीपुर , परवानिपुर चौकी , डराईपोर्ट चौकी , प्रहरी चौकी भिस्वा , ईलाका प्रहरी कार्यालय पोखरिया ,ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली लगायत जिल्ला देखी युनिटसम्म हाकिमले नै संरक्षण गरि जोगाएका छन् ।

नेपाल प्रहरीले निमुखाको हकहित र नीति नियम पालना गराउने निकाय हो तर आफ्नै संगठनमा हाकिमहरुले काखापाखा गर्ने रवैयाका कारण अहोरात्र दिनरात खटीने सोझासाझा प्रहरीको मनोबल गिर्छ ।

प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले प्रहरी नियमावली २०७१ को नियम ५२ विपरीत काज सरुवा माग्ने र दिने गर्दा त्यसको दुरुपयोग भएको भन्दै गत असार २१ मंगलबार सर्कुलर जारी गरेको हो ।

काज सरुवा र बढुवाका लागि चेन अफ कमाण्ड तोड्दै विभिन्न शक्तिकेन्द्रबाट सिफारिस गर्न लगाउने कार्य संगठनको अनुशासन विपरीत भएको भन्दै यस्तो गर्ने गराउनेलाई कडा कारबाही गर्ने चेतावनी समेत नेपाल प्रहरी प्रधान कार्यालयले दिएको छ ।

साथै, पदेश प्रहरी कार्यालय र प्रदेश ट्राफिक कार्यालयबाट घर ठेगाना भएका स्थानमा प्रहरी कर्मचारीको काज गरिएकाले त्यस्ता काजहरु तत्काल रद्द गर्न समेत निर्देशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077