Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव नेपाल र वामदेवले आफ्नो पार्टी र नाम दुबै हडप्ने षडयन्त्र गरे : ऋषि कट्टेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता अभियान चलाइरहेका वामदेव गौतमले आफ्नो पार्टी र नाम दुबै हडप्ने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

अध्यक्ष कट्टेलले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै अदालतको निर्णयबाट पराजित भएपछि आफ्नो पार्टी कब्जागर्ने काममा लागेको आरोप लगाएका हुन् ।

कट्टेलले सचिवालय बैठकमा भने -'अध्यादेशबाट पार्टी बनाउन पुगेका तत्त्व तथा कथित १५ सेप्टेम्वरको नाममा गुट चलाइरहेकाहरूलाई भाडामा लिएर नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व र वैधानिकता कब्जा गर्ने दोस्रो प्रयासलाई समेत २०७८ पौष १७, १८ र १९ गते जनकपुरमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनले पूर्ण रुपमा पराजित गरिदिएपनि षडयन्त्र कायमै राखेका छन् ।'

उनले सम्मेलनपछि पनि भाडामा परिचालित षड्यन्त्रकारीहरुले सम्मेलनबाट निर्वाचित अध्यक्षलाई किर्ते हस्ताक्षर गरी पार्टीबाट निस्कासन गरेको हास्यास्पद घोषणा गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077