Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धमाधम बर्खास्त हुँदै न्यायाधीश, बलात्कार मुद्दामा सफाइ दिनेदेखि योग्यता नपुगेकासम्म

    धमाधम बर्खास्त हुँदै न्यायाधीश, बलात्कार मुद्दामा सफाइ दिनेदेखि योग्यता नपुगेकासम्म

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 870
    SHARES

    काठमाडौं । न्यायपरिषद्ले विवादास्पद फैसला गर्ने न्यायाधीशलाई धमाधम बर्खास्त गर्न थालेको छ ।

    कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका न्यायाधीश राकेशकुमार निधि र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गरेको छ ।



    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यसअघि विवादास्पद फैसला गर्ने न्यायाधीशलाई चोख्याउने काम गर्दै आएका थिए । उनले त्यस बेला न्यायिक विचलनमा परेका फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई सचेत गराउने काम मात्रै गरेर उन्मुक्ति दिएका थिए ।



    राणाले ‘गम्भीर विचलन’ देखिएका न्यायाधीशलाई उन्मुक्ति दिँदा वरिष्ठतम् न्यायाधीशको हैसियतमा रहेका कार्कीको असहमति रहँदै आएको थियो । कार्की नेतृत्वमा आए लगत्तै गम्भीर विवादमा मुछिएका न्यायाधीशलाई धमाधम कारबाहीको क्रम सुरु भएको छ । हालसम्म कार्की नेतृत्वको न्यायपरिषद् बैठकबाट पाँच न्यायाधीश बर्खास्तमा परिसकेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार