Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कमल थापा भन्छन् - नेपालको राजनीतिमा सम्वर्द्धनवादी धार कमजोर देखियो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा अहिले सम्वर्द्धनवादी धार केही कमजोर देखिएको टिप्पणी गरेका छन् ।

मंगलबार बिहान ट्वीट गर्दै उनले धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर देखिएको बताएका हुन् ।

'नेपालको राजनीतिमा अहिले ''सम्वर्द्धनवादी'' अर्थात धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रनिर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर देखिन्छ,' उनले लेखेका छन्,'तर,अन्ततः यही विचार नै राष्ट्रको मुलधार बन्नेछ ।'

'गर्व लाग्छ, राप्रपा नेपाल 'सम्वर्द्धनवादी' धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल हो' उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077