Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेसँग एकता गर्न माओवादी र नेकपा एसलाई एमाले सचिव भट्टराईको आग्रह

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नकेपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् ।

मंगलबार अनेरास्ववियू केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एकतामा आउन आग्रह गरेका हुन् ।

उनले तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए । उनले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रूपमा छोडिदिएर बिर्सिनुपर्ने बताए । भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिए।

उनले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077