Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो एकदिवसीय क्रिकेट : दक्षिण अफ्रिकासँग इंग्ल्यान्ड ६२ रनले पराजित

काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराएको छ । चेस्टर ली स्ट्रीटमा गएराति भएको खेलमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३३ रन बनाएको थियो। जितका लागि ३ सय ३४ रनको लक्ष्य पाएको घरेलु टोली इंग्ल्याण्ड ४६ ओभर ५ बलमा २ सय ७२ रनमा अलआउट भयो ।

दक्षिण अफ्रिकाका लागि रासी भा डेर डुसेनले १३४ रनको शतकीय पाली खेले। त्यस्तै ऐडेन मार्करमले ७७ र जानेमन मलानले ५७ रनको पाली खेले।

इंग्ल्याण्डका लागि जो रुटले ८६ र जोनी बेयरस्टोले ६३ रनको पाली खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। दोस्रो एकदिवसीय शुक्रबार र तेस्रो एकदिवसीय खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077