जनकपुर । मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै जनमत पार्टीले तालाबन्दी गरेको छ ।
बुधबार जनमत पार्टीको नेतृत्वमा ‘किसान आन्दोलन’ अन्तर्गत जनकपुरधाममा प्रदर्शन गर्दै कार्यकर्ताहरुले कृषि मन्त्रालयमा तालाबन्दी गरेका हुन् ।
मन्त्रीहरुलाई जनकारवाही गर्ने भन्दै मन्त्रालयमा पुगेका सो पार्टीका कार्यकर्ताहरु मन्त्री नभेटिएपछि तालाबन्दी गरेर फर्किएका हुन् ।
किसानका योजनाहरुमा व्यापक भ्रष्टाचार भएको, कृषकहरुलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै जनकारवाहीका लागि किसानहरु मन्त्रालयमा पुगेका थिए ।