एजेन्सी । अल्ट न्यूजका सह–संस्थापक मोहम्मद जुबैरलाई भारतको सर्वोच्च अदालतले उत्तर प्रदेशमा दर्ता गरिएका सबै ६ मुद्दामा अन्तरिम जमानतमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश चन्द्रचुडको अध्यक्षतामा बसेको बेञ्चले जुबैरलाई तत्काल रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले आफ्नो आदेशमा सबै एफआईआरलाई एक साथ ल्याएर कुनै एक एजेन्सीबाट जाँच गर्न राम्रो हुने पनि बताएको छ । अदालतले तिहाड जेलका प्रमुखलाई आज साँझ ६ बजेसम्म जुबैरलाई रिहा गर्न पनि आदेशमा भनेको छ ।
पछिल्लो २० जुनमा दिल्ली प्रहरीको विशेष सेलले जुबैरविरुद्ध एफआईआर दर्ता गरेको थियो । उनले ट्वीटरमा पोस्ट गरेको एउटा तस्बिर प्रति आपत्ति जनाउँदै यसले धार्मिक भावनामा आघात पुगेको गुनासो गरेका थिए ।