Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खराब नतिजा र आलोचनाले गर्दा मैले राजीनामा दिएको हुँ : पुबुदु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले नेपाली राष्ट्रिय क्रिकेट टिममा जति गरेपनि एकता ल्याउन नसकेको बताएका छन् ।

टिममा पछिल्लो समय ९५ प्रतिशत एकता भएको बताएका हुन् ।आफूले सुरुवात गर्दा टिममा एकता नभएको बताउँदै उनले अमेरिका टुरमा ७५ प्रतिशत एकता भएको र अहिले टिममा ९५ प्रतिशत एकता देखिएको बताए ।

पुबुदुले बुधबार राजीनामा घोषणा गर्दै टिममा शत प्रतिशत एकता नभएको बताएका छन् । उनले टिममा एकता नभएका कारण नै राजीनामा दिएको संकेत गरे । ‘मैले सुरुवात गर्दा टिममा एकता थिएन । अहिले ९५ प्रतिशत एकता छ । अमेरिका टुरमा ७५ प्रतिशत एकता थियो,’ राजीनामा दिँदै पुबुदुले भने ।

पुबुदुले आफूले टिममा एकता ल्याउन धेरै मेहेनत गरेको बताए । उनले जति मेहनत गरेपनि आफूले टिममा ९५ प्रतिशत मात्र एकता ल्याउन सकेको बताए । पुबुदुले टिमलाई अझै उत्कृष्ट गर्न सकिने बताउँदै पछिल्लो समय लगातार नतिजा खराब आउँदा आफूले राजीनामा दिने अवस्था आएको बताए । ‘टिममा राम्रो सम्भावना छ । पछिल्लो समय आएको खराब नतिजा र आलोचनाले गर्दा मैले राजीनामा दिएको हुँ । नेपाली क्रिकेट मेरो सम्झनामा रहि रहनेछ,’ पुबुदुले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077