Online Nepal
  • सोमबार, २१ जेष्ठ २०८१
  • कांग्रेस प्रवक्ता महत भन्छन् – आगामी निर्वाचनसम्म तालमेल हुन्छ

    कांग्रेस प्रवक्ता महत भन्छन् – आगामी निर्वाचनसम्म तालमेल हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 903
    SHARES

    फाइल तस्विर

    चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् ।

    नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताए ।



    उनले भने, ‘स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ ।’ स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनक रुपमा लिएको भन्दै उनले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताए ।



    उनले भने, ‘मलाई विश्वास छ । यो गठबन्धन टुट्दैन ।’ शीर्ष नेताहरू समेत गठबन्धन नतोड्ने पक्षमा रहेको उनको भनाइ थियो । तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी पङ्तिको भावनाअनुसार हुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार