Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौं महानगरले भन्यो - एक हप्ता फोहोर उठ्दैन्, कुहिने र नकुहिने फोहोर घरभित्रै राख्नू

काठमाडौं । बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य सूचारु भएको हुँदा काठमाडौं महानगरको फोहोर एक हप्ता नउठ्ने भएको छ ।

उपत्यकाको फोहोरमैला विसर्जनस्थल बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य सूचारु भएका कारण फोहोरमैला विसर्जन गर्न जाने सवारी साधनको आवतजावतले कठिनाई उत्पन्न हुने भएकोले महानगरले एक हप्ता फोहर नउठाउने भएको हो ।

बुधबार सूचना प्रकाशित गरी महानगरले निर्माण कार्यलाई द्रुत गतिमा सञ्चालन गर्नको लागि उक्त सडक खण्डमा कम्तीमा एक हप्ता सवारी आवागमन बन्द गरिदिन शहरी विकास तथा भवन विभागबाट लेखि आएको जनाएको छ ।

'उक्त अवधिसम्म आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घर भित्रै छुट्टाछुट्टै राखी दिन पनि महानगर अनुरोध गर्दछ,' जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077